निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

निर्वाचन कार्यालय काभ्रेद्वारा मतदाता दाबी विरोधका लागि समय अवधि सार्वजनिक

  •   ५ वर्ष अघि | १३ फाल्गुन २०७८, शुक्रबार,    

काभ्रे : निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक (दाबी विरोध) का लागि समय अवधि सार्वजनिक गरेको छ । निर्वाचन कार्यालय काभ्रेले आज मतदाता नामावली अद्यावधिक (दाबी विरोध) सम्बन्धी अन्तर्क्रिया कार्यक्रममार्फत जानकारी गराएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा, जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सीको विशिष्ट आतिथ्यतामा, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, प्रमुख सेनानी मिलन थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, गैर सरकारी संस्था काभ्रेका अध्यक्ष टोम प्रसाद सापकोटा लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम फागुण १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कार्यालयले जानकारी दिएको छ । उक्त कार्यक्रम नामावली प्रकाशन जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहको वडा कार्यालयमा र निवेदन उजुरी उपर कारबाही जिल्ला निर्वाचन कार्यालयमा सञ्चालन हुनेछ ।
के के गर्न पाइने ?
नामावली हेर्ने, त्रुटी सच्याउने, दोहोरो हटाउने, मृत्यु भएका व्यक्तिको नाम हटाउने र दाबी विरोध गर्न पाइनेछ ।
के गर्न नपाइने ?
नयाँ नाम थप्न र सार्न नपाइने निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
कहाँ र कहिले दिने निवेदन ?
जिल्ला निर्वाचन कार्यालय काभ्रे धुलिखेलमा फागुण २० गतेदेखि २२ गतेसम्म निवेदन दिन सकिनेछ । त्यस्तै मृत्युको हकमा भने फागुण २० गतेदेखि २३ गतेसम्म निवदेनका लागि समय निर्धारण गरिएको छ ।
निवेदनको ढाँचा कहाँ पाइन्छ ?
निवेदनको ढाँचा निर्वाचन आयोगको वेवसाइट, जिल्ला निर्वाचन कार्यालयको फेसबुक, जिल्ला निर्वाचन कार्यालय काभ्रे, पालिकाको केन्द्र, वडा कार्यालयमा पनि पाइने छ ।
निवदेन कसरी दिने ?
निवेदनको ढाँचा स्वयं उपस्थिती भएर वा [email protected] वा [email protected] फ्याक्स नं ०११४९०४८७ मार्फत दिन सकिने छ ।

थप