निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा कुमार तिमल्सिना

  •   ६ वर्ष अघि | १० साउन २०७७, शनिबार,    

काभ्रे, जिल्लामा आज भएको मदन भण्डारी फाउण्डेशन द्वारा आयोजित जिल्ला भेलाबाट जिल्ला कार्य समितिमा नवगठित मदन भण्डारी फाउन्डेसनको  अध्यक्षमा कुमार तिमल्सिना छनोट हुनुभएको छ।उपाध्यक्षमा निरज खड्का , सचिव विपिन लामा,
 सह-सचिव निर्मल त्रिपाठी कोषाध्यक्षमा नवराज भुर्तेल  सदस्यहरुमा सुर्यमायाँ दनुवार र निरकमल श्रेष्ठ साथै  मदन भण्डारी स्पोर्ट्स एकेडेमी जिल्ला अध्यक्ष राकेश लामा  समितीको सदस्यहरूमा मदन दुङ्गाना,सुमन कुवर,मन्दिरा लुइँटेल र दिनेश लामा जिल्ला सदस्यमा चयन हुनुभएको छ। मदन भण्डारी फाउन्डेसन काभ्रे ले गरेको जिल्ला भेला कार्यक्रम मा बोल्दै पुर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले भन्नुभयो । पार्टी फुटाउन खोज्नेहरु सिमा नाका कटेर आउने सपना नदेख्न चेतावनी दिदै नेता बास्कोटाले सहमति, सहकार्य, सह अस्तित्व, सुदृढ  एकता नभए सँगै जान नसकिने बताउनु भयो ‘पार्टी नेतृत्व कमन्डलु बोक्ने कि? 
 कमान्डर बन्ने ?’– नेता बास्कोटाले भन्नुभयो–‘पार्टी सिध्याएर कमण्डलु बोक्ने वा पार्टी बलियो बनाएर कमान्डर बन्ने ?प्रचण्ड लाई  म चेतावनी दिन चाहन्छु पार्टी भत्काउने भए किन बनाएको ?’नेता बाँस्कोटाले छोराछोरी जन्माएपछि हुर्काउने दायित्व हुुने भन्दै हत्या गर्ने अधिकार नभएको बताउँदै छोराछोरीको हत्या गरिए केपि अोलि पनि सजाँए भोग्न तयार हुनुपर्ने बताउनु भयो ।कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, नेकपा नेता एवं नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, नेताहरु गोमा भुर्तेल, चन्द्र लामा, बसुन्धरा हुमागाई, फाउण्डेशनका सचिव कुमार तिमल्सिना, विद्यार्थी नेता जेनिश लामा लगायतले पार्टी एकताका लागि खवरदारी गरेका थिए। 
कार्यकर्ताहरुको बाक्लो उपस्थिती भए सँगै पार्टी निकट स्वास्थ्यकर्मीहरुको टोलीले माक्स नभएका कार्यकर्ताहरुलाई माक्स उपलब्ध गराएको थियो भने थर्मल गन मार्फत ज्वरो नाप गरेर मात्रै हल भित्र पठाएका थिए ।नेताहरुलाई मञ्चमा स्यानिटाईजरको प्रयोग गराईएको थियो ।
 मन्त्री प्रदिप ज्ञवालीले सरकारकै निर्णयको खिलापमा सहभागि हुनु परेकोमा क्षमा माग्दै आवश्यकता अनुसार उपस्थिती भएको बताउनु भएको थियो ।कोरोना भन्दा देशको चिन्ता गर्नु पर्ने समयमा नेताहरुले जनतालाई निराश पार्ने गरी गरिरहेको विवादको अर्थ नभएको बताउँदै महाधिबेशनको विकल्प नभएको ज्ञवालीले बताउनु भयो । ‘केपी ओलीलाई हटाउने भनेको महाधिबेशन र अर्काे निर्वाचन मात्रै हो’–मन्त्री ज्ञवालीले भन्नु भयो–‘बहुमतबाट हटाउने सपना नदेख्नुस त्यस्तो हुँदा एकता रहँदैन ।’ज्ञवालीसँगै केन्द्रिय सदस्यद्धय एवं पुर्व मन्त्रीहरु आनन्द पोखरेल र गोकुल बास्कोटाले समेत अध्यक्ष प्रचण्ड र नेता माधव नेपालका कारण नेकपाको एकता नसकिदै मुलुक अस्थिरता तर्फ धकेलिन थालेको बताउनु भयो ।
साथै गोकुल बास्कोटाले जहिले नि आफुलाई सत्तरी करोड भनेर भन्नेहरुलाइ यथार्थ बुझन र प्रमाणित गर्ने चेतावनि दिनुभयो। उक्त भेलाले कुमार तिमल्सिनाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेन जिल्ला समिति गठन गरेको छ । नेता राकेश लामाको अध्यक्षतामा मदन भण्डारी स्पोर्ट एकेडेमी गठन भएको छ ।

थप