काभ्रे (बनेपा) – जिल्लाको बनेपा नगरपालिका वडा ६ स्थित २८ किलोमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।
उनिहरुलाई जुवातास खेल्दाखेल्दै खालमा नै प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जनक तिमल्सिना, विश्वराज तामाङ, रामेश्वर केसी, अनिल थापा, भोला राय र किरण रञ्जितकार रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुलाई बनेपा नगरपालिका वडा नं. ६ स्थित पाँचकुमारी पेट्रोल पम्प नजिक रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेल्दै गरेको अवस्थामा शुक्रबार राती पक्राउ गरिएको हो ।
उनीहरुलाई पक्राउ पश्चात कानुन अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेबाट दिन ७ को म्याद थप गराएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रहरीले पक्राउ परेकाहरुबाट ६ लाख ५४ हजार ५ सय रुपैयाँ, ४ बुक तास र जुवा खालमा प्रयोग भएको १ थान तन्दा बरामद गरेको छ ।