काठमाडौँ । आज थप २७ जनामा नोबेल कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाका प्रवक्ता डा विकास देवकोटाका अनुसार काठमाडौँमा ३ र भक्तपुर तथा ललितपुरमा एकएक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर, रामेछाप, सिन्धुली र लमजुङका एकएक जनामा र कपिलवुस्तका चार अनि नवलपरासीका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा देवकोटाले जानकारी दिनुभयो ।
यसैबीच स्वास्थ्य मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता देवकोटाकाले अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी र पीसीआर जाँच गराउन सक्ने बताउनुभयो ।
यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।
यति हुदा हुँदै पनि आरडिटी परिक्षणले जनतालाई त्रसित गर्ने काम गरेको आरडिटी परिक्षणले पोजिटिभ देखाउने र पि. सि.आर ले नेगेटिभ देखाउने भएपछि आरडिटी परिक्षण को के महत्त्व हुन्छ । अहिले who ले आरडिटी परिक्षणलाई मान्यता दिएको छैन। आरडिटी परिक्षण ले सहि रिपोर्ट नआउने हो भने यो परिक्षण व्यर्थ हुने आम मानिसको भनाई छ। आरडिटी परिक्षण नगरि पि.सि.आर गर्नुपर्ने माग छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
आरडिटी परिक्षणले जनतामा त्रास : पि.सि.आर गर्नुपर्ने माग
- ६ वर्ष अघि | ६ जेष्ठ २०७७, मङ्लबार,