निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेकपाको सचिवालय बैठक :वामदेव लाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय

  •   ६ वर्ष अघि | २० बैशाख २०७७, शनिबार,    

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

‘उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने । 

बैठकमा नेताहरुले पार्टी भित्रका पछिल्ला कमिकमजोरीप्रति आत्मआलोचनासमेत गरेका छन् । अर्को सचिवालय बैठक वैशाख २४ गते बस्ने गरी आजको बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

थप