निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

प्रदेश सांसद बसुन्धरा हुमगाई द्वारा चार स्थानीय निकायलाई सहयोग

  •   ७ वर्ष अघि | २८ चैत्र २०७६, शुक्रबार,    

मणिराम दाहाल,काभ्रेपलान्चोक चैत्र, २८,जिल्लाको( बेथानचाेक )गााउपालिकामा काेभिड १९ राेकथाम काेषमा प्रदेशसभा सदस्य माननिय बसुन्धारा हुमागाई र पालिका प्रमुख प्रेम बहादुर तिमल्सिनाले जनहि पच्चीस हजार जम्मा गर्नु भएको छ ।

विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रदेश सभा सदस्य माननिय  बसुन्धारा हुमागाईंले आफ्नाे पारिश्रमिकबाट स्थानिय चार क्षेत्रमा पच्चीस हजारका दरले दुई महिनाकाे पारिश्रमिक दिने निर्णय गरेका थिए ।

त्यसै अनुरूप बेथानचाेक गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकाेटालाई स्वास्थ्य सामग्री , पिपिई र पच्चीस हजारकाे चेक माननीय बसुन्धारा हुमागाईले हस्तान्तरण गर्नु भएकाे हाे ।

बेथानचोक गाउपालिका अध्यक्ष श्री प्रेमबहादुर तिमल्सिनाले पनि पच्चीस हजार गाउपालिकाकाे काेभिड १९ संक्रमण राेकथाम नियन्त्रण तथा उपचार काेषमा पच्चीस हजारकाे चेक प्रशासनिय अधिकृतलाई हस्तान्तरण गर्नुभएकाे छ।

विच माननिय बसुन्धरा हुमागाईले केहि दिन अगाडि आफ्नो १ महिनाको सम्पुर्ण तलब सेवा सुविधा नेपाल सरकारका प्रदेश राहत कोषमा जम्मा गरिएको थियो । यसै विच आज (शुक्रबार) आफ्नो सामाजिक संजालमा पोस्टाउदै वहाले आफ्नो थप २ महिनाको तलब काभ्रेमा रहेको ४ वटा स्थानिय अर्थात निर्वाचन क्षेत्रमा पर्ने मण्डनदेउपुर, बनेपा, पनौती, बेथाञ्चोक गरी चारवटा स्थानिय तहमा २५००० का दरले हाल्ने निणर्य सार्वजानिक गर्नुभएको थियो ।


मण्डनदेउपुर नगरपालिकामा जम्मा गरिसकिएको र बाकिका क्षेत्रमा २ दिनभित्रमा जम्मा गर्ने समेत वँहाले जानकारी गराउनु भएको छ ।

माननिय हुमागाईका अनुसार विपद्को यो घडिमा आफुले सक्ने जति समाजसेवा गर्नु आवश्यकता रहेको र यसैगरी आफुले सकेको सहयोग गर्दै जादा कुनैपनि जनता भोकै मर्नुपर्ने अवस्था नरहने समेत जनाउनु भएको छ ।

 

थप