काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाका इन्द्रेश्वर प्रा.वि.मा. स्थापना गरेको राहत सहयोग संकलन केन्द्र मा धमाधम राहत सामाग्री आउन थालेको छ। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनिकरणका लागि परिस्थिति अनुसार सरकारले समय लम्भ्याएपछि समस्यामा परेका निम्न आयस्तर भएका मजदुर, किसान र अशक्तहरुको लागी राहत वितरण गर्ने ।
विश्वभर नै फैलिरहेको कोरोना भाईरसले गर्दा पनौती नगरपालिकाले नगरपालिकाभित्र आफूखुसि चन्दा वितरणलाई रोकी राहत प्याकेजमार्फत (पूर्ण प्याकेज वा आइटम) लाई सहयता दाताबाट स्वीकार्ने चैत्र १९ गते निर्णय गरेको थियो । उक्त समिति १० जना को रहेको पनौति नगरपालिका का मेयर ले बताउनुभयो । कोभिड १९ रोकथाम तथा नियन्त्रणबा लागि सरकारले लकडाउनको लागू गरेसंगै दैनिक ज्यालादारी गरि खाने परिवारलाई खाद्यन्नको अभाव भएपछि उक्त राहतकोषमा दैनिक नगद र दैनिक उपभोग्य बस्तुहरु दाल, चामल,नुन,तरकारी हरु दाताहरूले राहत कोषमा जम्मा गरिदिने गरेको नगरप्रमुख भिम न्यौपाने ले बताउनुभयो।
राहतकोष मा सोमबार राहत दिनुहुने निम्न संस्था र व्यक्तिहरू को नामावली यसप्रकार छ।
१.निर्माण व्यवसायी संघ काभ्रे बाट-५०बोरा चामल (३०केजि) तोरीको तेल १० बाकस
२.छलेश्वर ठुलढुङ्गे सामुदायिक बन उ.स पनौति ५ बाट-३० बोरा चामल तेल ३ बाकस नुन ३० पाकेट
३.तारा बहादुर महत पनौति १० बाट नगद रु १०००० हजार
४.इन्दरेश्वर साकोस पनौति ७ बाट नगद रु ३०००० चिउरा २ बोरा ( ५० केजि)
५.विनायक श्रमिक सिपमुलक संस्था पनौति ६ बाट चाउचाउ १०० बाकस
मंगलबार को राहतकोषमा
१.विहावर क्षेत्र सहकारी सञ्जाल पनौति २/३बाट ६० बोरा चामल (२५ केजि ) दाल (२५ केजि ) ५ बोरा तेल १० बाकस
२.ज्योति बहुउद्देश्यीय सामुहिक साकोस पनौति ६ बाट चाउचाउ ३० बाकस लुगाधुने साबुन १० बाकस
राहत संकलन केन्द्र मा उपलब्ध गराईएको मेयर भिम न्यौपाने ले जानकारी दिनुभयो । उहाले भन्नुभयो देशमा यस्तो महामारी र लकडाउन भएको बेला विपन्न , श्रमिक,र दैनिक ज्यालादारी गर्ने व्यक्ति हरुको सम्बोधन को निमित्त हामीले यो राहत संकलन केन्द्र स्थापना गर्यो उहाँको भनाई छ।