काभ्रे ,(बनेपा ) नेपाल सरकारले देशभर नै लगाएको ‘लकडाउन’ दशौ दिनमा जिल्लाको बनेपामा ‘लकडाउन’ उल्लंघन गरी हिड्ने ७८ जनालाई प्रहरीले बनेपाबाट नियन्त्रणमा लिएको थियो।
आज एघारौं दिन भने काभ्रे र बनेपाका सबै स्थान हरु सुनसान देखिन्थे ।
‘लकडाउन’ उल्लंघन गरी सडकमा जथाभावी हिडेकाहरुलाई नियन्त्रणमा लिइएर कार्वाही गरिएको बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार हिजो विहान मात्रै सरकारको नियमनलाई अटेर गरी जथाभावी हिडडुल गर्ने ७ जना महिला र ७१ जना पुरुषलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरुलाई ‘लकडाउन’ र कोरोना भाइरसबाट हुने सम्भावित असरको बारेमा सचेतनामुलक कक्षा सञ्चालन गरि हिजो नै छोडिएको प्रमुख तिमिल्सिनाले बताए ।