निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लकडाउनको आठौं दिन काभ्रे प्रहरीले गर्यो प्रशंसनीय कार्य

  •   ७ वर्ष अघि | १८ चैत्र २०७६, मङ्लबार,    

 काभ्रे ,बनेपा  लकडाउनको आठौं दिन बनेपा इलाका प्रहरीले आफ्नो सक्रियता झन् बढाएको  छ ।आज मात्रै लकडाउन उलङ्घन गर्दै हिड्ने ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेको बनेपामा बिना काम हिड्ने ८५ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो। नियन्त्रणमा लिएका ८५ जनालाई बनेपा प्राविधिक शिक्षालयको खेल मैदानमा राखिएको छ ।

लकडाउनको अवज्ञा गरेर विना काम बाहिर निस्कनेक्रम बढेसँगै बनेपामा एक दिनमै ८५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘लकडाउन’को सात दिनभित्रमा प्रहरीले ६ सयभन्दा धेरै सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखले बताए ।

काभ्रेको व्यापारिक शहर बनेपामा लकडाउनप्रति प्रहरी निक्कै सकृय बनेर लागेको छ । यस्ता खालका कार्य हुनुभनेको  जनतामा शिक्षा को कमिले भएको बुुुझिएको छ।

थप