काठमाडौ , नेपाली फिल्म उद्योगको सर्वोच्च सरकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पद एक महिनायता रिक्त छ । गत मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि बोर्डमा अध्यक्षको पद खाली भएको हो ।राजनीतिक भागवण्डा र सत्तारुढ दल निकटका फिल्मकर्मी बोर्डको अध्यक्षमा नियुक्ती गर्ने परिपाटीले अहिले पनि अध्यक्ष्यको दौडमा आधा दर्जन भन्दा बढी फिल्मकर्मी सामेल भएको चर्चा फिल्मी नगरीमा चल्न थालेको छ ।बोर्डको अध्यक्ष पदका लागि अभिनेताद्वय राजेश हमाल र भुवन केसीसँगै निर्देशक दयाराम दाहाल, अभिनेता तथा निर्देशक नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, निर्देशक तथा अभिनेता आकाश अधिकारी र निर्देशक केपी पाठक आन्तरिक तयारीमा रहेको बुझिएको छ । यी नामहरु सत्तारुढ दल नेकपा निकट मानिन्छन् ।बोर्डको अध्यक्षमा दाबेदारमध्ये निर्देशक दयाराम दाहाल बलियो दाबेदार भएका व्यक्ति हुन् । अहिलेका बोर्ड सदस्य पनि हुन् दाहाल । नेपाली फिल्म क्षेत्रमा साढे तीन दशकदेखि योगदान पुर्याइरहेका वरिष्ठ निर्देशक दाहाल बोर्डको अध्यक्ष पदको लागि योग्य भएको समेत फिल्मकर्मीहरुले टिप्पणी गर्न थालेका छन् ।सन् १९८८ मा निर्माण भएको फिल्म ‘लाहुरे’मा सहायक निर्देशकको रुपमा काम गर्दै फिल्म क्षेत्रमा देखिएका दाहाल कुशल निर्देशक, लेखक तथा गीतकार पनि हुन् । उनले ठुल्दाइ, तँ त साह्रै बिग्रिस नि बद्री, अर्जुन, कर्मयोद्धा, जंगे, ढुकढुकी, भाग्य विधाता, पालेदाई, अरवपति, दौंतरी, अग्नी ज्वाला, जेठो कान्छोलगायत दुई दर्जन बढी हिट फिल्म दिएका छन् । दाहाल नेपालमा सबै भन्दा धेरै फिल्म निर्देशन गर्ने निर्देशकका रुपमा चिनिन्छन् । फिल्मका विभिन्न भूमिकामा रहेर ६० भन्दा बढी फिल्महरुमा उनको संलग्नता रहेको छ ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
चलचित्र बिकास बोर्डको अध्यक्ष मा दाहाल को सम्भावना बढी
- ७ वर्ष अघि | १३ माघ २०७६, सोमवार,