काभ्रे । वैदेशिक शिक्षा तथा रोजगारका लागि बनेपामा उत्कृष्ट गन्तव्य ग्लोबल हव एजुकेशनल औपचारिक रुपमा शाखा का संस्थापकहरु विष्णु पोखरेल,दर्शन खनाल र शिवराज बन्झाडेले संयुक्त रुपमा आज रिवन काटेर उद्घाटन गरेका छन्।
नेपालकै अग्रणी कन्सल्टेन्सी ग्लोबल हव एजुकेशनल काभ्रेको मुटु बनेपा तिनदोबाटो उग्रचण्डी भोजनालय को माथिल्लो तलाबाट आजदेखी सञ्चालनमा आएको यसका प्रबन्ध निर्देशक प्रदिप दाहालले जानकारी दिनुभयो ।
यस कन्सल्टेन्सीको मुख्य कार्यलय काठमाडौंको पुतलीसडक मा अवस्थित छ। यस एजुकेसन हव ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरू लाई सुरक्षित ,भरपर्दो गुणस्तरीय साथै सहि परामर्श गरि पठाउने जिम्मा नै लिने बनेपाका प्रबन्ध /निर्देशक प्रदिप दाहालले बताउनुभयो ।
उद्घाटन समारोहमा जनप्रतिनिधि ,समाजसेवी विद्यार्थीहरु , पत्रकार र विभिन्न क्षेत्रका व्यक्तित्व हरुको उपस्थिति रहेको थियो ।
यस ग्लोबल हव एजुकेशनल कन्सल्टेन्सि बाट अध्ययनका लागि अस्ट्रेलिया ,बेलायत ,अमेरिका, क्यानाडा ,फिनल्यान्ड ,डेनमार्क ,दक्षिण कोरियाका लागि सरल र छिटोछरितो रहेको मार्केटिङ डाइरेक्टर सरोज मानन्धरले जानकारी दिनुभयो ।
विद्यार्थी हरुलाई गुणस्तरीय कलेज तथा युनिभर्सिटीमा पढ्नको लागि सहज ढङ्गबाट सहकार्य हुने छ।
यस कन्सल्टेन्सीमा काउन्सिल र आइएलटिएस,पिटी कक्षा पनि सञ्चालनमा छन्।