काभ्रे । अनेरास्ववियु काभ्रेले एसईई उर्तिण विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरेको छ। विद्यार्थीहरुको मनोबल बडाउने उद्देश्यले सम्मान गरेको अध्यक्ष मिलन कुमार गौतमले जानकारी दिनुभयो ।
विद्यार्थीहरुको बाँकी शैक्षिक गन्तब्य सहितको जीवनका लक्ष्यहरु निर्धारण गर्ने गरी ‘क्यारियर काउन्सिलिङ्ग’ गराएको छ ।
अध्यक्ष मिलन कुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुर्व मन्त्री गोकुल बास्कोटा प्रमुख अतिथी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले विद्यार्थीहरुलाई देशको नेतृत्व गर्न सक्ने सक्षम जनशक्तिका रुपमा तयार हुन र राजनीतिमा लाग्ने हो भने केपि ओलि बन्न शुभकामना दिदै केपि वलीको प्रशंसा समेत गर्नुभयो ।
मेहनत, इमान्दारिता र लगनशिलताका साथ अध्ययन गर्न सुझाव र सचेत गर्नुभयो । ‘शिक्षाको स्तर खस्कनुमा एउटा पक्ष मात्रै दोषि छैन’–नेता बास्कोटाले भने–‘विद्यार्थीहरुले राम्रो सँग अध्ययन नगरिदिँदा, अध्ययन गर्ने वातावरण विद्यालयले तयार नगरिदिँदा, अभिभावहरुले विद्यालय र विद्यार्थी प्रति निगरानी नगरिदिँदा, राज्यले शैक्षिक वातावरणका लागि आवश्यक नीति, नियम र कानूनका साथै गुणस्तरीय शिक्षाका लागि वातावरण तयार नगरिदिएका कारण शिक्षाको गुणस्तर खस्कँदै गएको छ ।’
अनेरास्ववियु काभ्रेले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजमा सचेतना गराउने हिसाबका कार्यक्रम हरु गर्दै आएको छ।