भोलिबाट हुनेे एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

  •   ४ वर्ष अघि | ५ चैत्र २०७६, बुधबार,    

काठमाडौ ,सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सरकारलाई एसईई रोक्न अनुरोध गर्ने निर्णय गरेको थियो । बिहीबारदेखि एसईई परीक्षा सुरु हुँदै थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पूरक बैठक बसेर उक्त निर्णय गरेको नेकपा सचिवालयले जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  यसअघि समितिले जारी गरेको १६ बुँदे निर्णयमा एसईई परीक्षा सुरक्षित एवं व्यवस्थित रूपमा सम्पन्न गर्ने गरी प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गर्ने बताएको थियो । बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । 

थप