आर्दश विद्या मन्दिरको स्वागत कार्यक्रम सम्पन्न

  •   २ वर्ष अघि | ३ मंसिर २०७८, शुक्रबार,    


बनेपा /आर्दश विद्या मन्दिर बनेपाले शुक्रबार एक कार्यक्रम आयोजना गरी कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले पढाईमा बढी ध्यान दिनुपर्ने बताउनु भयो । विद्यालयहरूले विद्यार्थीहरूको रुची र क्षमतामा ध्यान दिँदै व्यवहारिक र सिपमूलक शिक्षामा जोड दिन आग्रह गर्दै उहाँले काठमाडौं विश्वविद्यालय लगायत संन्सारमा नाम चलेका विश्वविद्यालयमा अध्ययन गर्नसक्ने बिद्यार्थी तयार पार्न जोड दिनुभयो । 
नेपाल प्रहरी विद्यालय साँगाका सहायक प्रधानाध्यापक साहित्यकार हरिहर तिमल्सिनाले विद्यार्थीहरूले पढाईको अतिरिक्त धारणा र बानी व्यवहारमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्दै छोटो समयमा नै एबिएम स्कूलले धेरै प्रगति गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
कक्षा १२ कि विद्यार्थी आयुसा बजगाईले अध्यक्षता गरेको कार्यक्रममा कक्षा १२ कि विद्यार्थी बविता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा कक्षा ११ मा भनर्ा भएका करिब एकसय ५० विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले फूलमालाले स्वागत गर्दै विद्यालयको लोगो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बनेपा नगरपालिका शिक्षा शाखाका शिवराम त्रिपाठी, एबिएम स्कूलका प्रिन्सिपल रामप्रसाद तिमल्सिना र शिक्षक केशव दाहालले विद्यालयका विविध पक्षमाथी प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कक्षा १२ मा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै अतिथी र शिक्षकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । स्वागत कार्यक्रममा विद्यार्थीहरूले देशभक्तिपूणर् गित र कविता प्रस्तुत गर्नुका साथै मनोरञ्जनपूणर् नृत्यहरू प्रस्तुत गरेका थिए ।
बनेपास्थित पञ्चकन्या बैंकेटमा आयोजित कार्यक्रममा पत्रकार, शिक्षक, विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागिता थियो । बनेपा हाइटमा रहेको आर्दश विदा मन्दिरको कक्षा ११ र १२ मा विज्ञान, कानुन, मानविकी र व्यवस्थापन लगायतका विषयमा पठन-पाठन हुँदै आएको छ ।

थप