निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

देविटार आधारभुत विद्यालयमा रोटरी क्लवको सहयोगमा तीन कोठे भवनको शिलान्यास

देविटार आधारभुत विद्यालयमा तीन कोठे भवन रोटरी क्लव अफ धुलिखेलको सहयोगमा बन्ने

  •   ६ वर्ष अघि | १५ माघ २०७७, बिहिबार,    

काभ्रे, जिल्ला बनेपा नगरपालिका वडा नं ३ स्थित सेतिढुङ्गा मा रहेको देविटार आधारभुत विद्यालयको लागि तीन कोठे भवन रोटरी क्लब अफ धुलिखेलले बनाईदिने भएको छ ।
 भवन शिलान्यास बनेपा नगरपालिकका नगरप्रमुख लक्ष्मी नर सिंह वादे श्रेष्ठले गर्नुभएको थियो।कार्यक्रम को सभापतित्वमा दोर्जे लामाले गर्नुभएको थियोे । भवन शिलान्यास कार्यक्रम मा रोटरी क्लब का पुर्व गभर्नर चिन्तामणी भट्टराई विशेष अथितीको रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख अथिती बनेपा नगरका नगरप्रमुख लक्ष्मि नर सिंह वादे श्रेष्ठ ,विशिष्ट अथितिको रुपमा बनेपा नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख श्याम सिंह धामि ,प्रेस सल्लाहकार लक्ष्मण तिमल्सिना ,बनेपा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहाल , वडा सदस्य बुद्धिमान तामाङ ,रोटरी क्लव अफ नेपालका राजेन्द्र शाक्य ,राजेश थापा ,कुमुद,रोटरी क्लब अफ धुलिखेल का अध्यक्ष सुशील व्यन्जु , पुर्व अध्यक्ष अशोक श्रेष्ठ , रन्जिव श्रेष्ठ , प्रल्हाद पराजुली र कमला श्रेष्ठ ,  मनिष योगल र हरि नेपाल उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रम मा बोल्दै बनेपा नगरपालिका प्रमुख लक्ष्मि नर सिंह वादे श्रेष्ठ ले भन्नुभयो शिक्षामा यस्ता खालका सहयोग आउनु राम्रो हो बनेपा नगरपालिकाले शिक्षामा कुनै पनि सम्झौता नगरि शिक्षा सहज बनाउनमा र सबैमा शिक्षाको पहुच पुर्‍याउन  सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रम मा रोटरी क्लव अफ धुलिखेल का अध्यक्ष सुशील व्यन्जुले भन्नुभयो तीन कोठे भवन सँगसँगै कमप्युटर ल्याव , विज्ञान प्रयोगशाला , स्टेशनरी पनि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछु।

शिलान्यास कार्यक्रम मा बोल्दै वडा नं ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहाले भन्नुभयो बनेपा नगरभरि मा हाम्रो ३ नं  वडा क्षेत्रफलको हिसाबले धेरै छ। भौगोलिक हिसाबले डाडा र भिरालो जमिन धेरै भएर सडक हरु वडाको बजेटले स्तरीय बनाउन सकेका छैनौ। शिक्षा का लागि वडाले सकेको बजेट आवश्यकता हेरेर राखेका छौ विकासको पहुच समावेशी बनाउदै वडालाइ समृद्ध बनाउने अभियान मा सकृय छौ भन्नुभयो।

कार्यक्रममा देविटार आधारभुत विद्यालयका प्रधानाध्यापक प्रल्हाद दाहाले भन्नुभएको हामिले छाप्रो देखि सुरु गरेर अहिले यति वटा भवन सम्म आईपुग्यौ । अहिले हामीलाई पढाउनको लागि १२ वटा कोठा छन् ।
अब वन्ने ३ वटा कोठाले हामिलाई अतिरिक्त क्रियाकलाप गर्ने र पढाईमा सहज हुन्छ हामी संग आठ कक्षा सम्म पढाउने व्यवस्था छ विद्यार्थी को संख्या अहिले ११८ जना छन् । रोटरी क्लव अफ धुलिखेल लाई धेरै धन्यवाद ३ कोठे भवन र अरु सहयोगका लागि भनी प्रसंसा गर्नुभयो ।

थप