उप-प्रमुख को संयोजकत्वमा सामुदायिक बिद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु

बनेपा नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा ३१ सामुदायिक बिद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु गरेको छ

  •   ३ वर्ष अघि | ५ माघ २०७७, सोमवार,    

काभ्रे, बनेपा नगरपालिकाले सामुदायिक बिद्यालय हरुमा कक्षा ई सिडी देखि कक्षा ५ सम्म का बिद्यार्थी हरुलाई लक्षित गरि दिवा खाजा कार्यक्रम सुरु गरिएको बनेपा नगरका उप प्रमुख रेखा सापकोटा दाहालले जानकारी दिनुभयो ।  दिवा खाजा कार्यक्रम व्यवस्थापन समितिको संयोजक बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहाल रहनुभएको छ।

  उहाका अनुसार  दिवा खाजा कार्यक्रमले समुदाय मा रहेका बिद्यार्थी हरुलाई  बिद्यालय सम्म शिक्षाको निमित्त आकर्षित गर्ने एउटा माध्यम हो। जसले विद्यालय सम्म आउन प्रेरित गर्छ।

दिवा खाजा कार्यक्रम बनेपा नगरपालिका अन्तर्गत ३१ बटा सामुदायिक बिद्यालय हरुमा सुरु हुँदै छ। दिवा खाजा अन्तर्गत प्रत्येक दिन फरक फरक परिकार   ठाउँ अनुसार प्रदान गरिने बताउनुभयो । शिक्षाको क्षेत्रमा यो एउटा नया आयम हुने र हाम्रा प्राय ग्रामीण भेग बढि भएकोले यो अझै प्रभावकारी भएको दिवा खाजा व्यवस्थापन समितिका संयोजक एवम् बनेपा नगरपालिका का उपप्रमुख रेेखा सापकोटा दाहालले बताउनुभयो ।

थप