प्रभात बचत र पार्वती मा.वि को सहकार्यमा आठ छोरी मध्य सनिताले पाइन दुई बर्ष नि:शुल्क शिक्षा

  •   ३ वर्ष अघि | १२ मंसिर २०७७, शुक्रबार,    

मणिराम दाहाल काभ्रे, जिल्ला खानिखोला गाउपालिका वडा नं ६ ढडेनमा विरबहादुर थोकरको कहालिलाग्दो जिवनशैलि देख्दा जो कसैको आखा न रसाउला  भन्न सकिदैन गरिब परिवार आय उपार्जन केही नहुदा विहान बेलुकाको छाक पनि टार्ने धेरै गाह्राे  तेसमाथि एकाइसौ सताप्तिमा छोरा पाउने आशा र छोरा नभई हुदैन भन्ने पुरानो समाजका कारण विरवहादुर थोकर का आठ छोरी भए छोरा जन्मिएनन् ।

 अब वीर बहादुरको पनि छोरा जन्माउने रहर पनि मरिसकेको छ। किनभने उनको आर्थिक अबस्था निकै नै कमजोर अब उनलाई यहि आठ छोरीको भविष्य ले मात्रै पिरोल्न थालेको छ। उनलाई छोरीहरुको भविष्य बनाउन शिक्षादिक्षा मात्रै दिनको लागि उनी भौतारिदै हिडेका थिए अचानक प्रभात बचतका अध्यक्ष सामाजिक अभियान्ता सागरनाथ कपालि संग भेट भएपछि बिरबहादुर थोकरको केही सपना पूरा हुने भएका छन्।

 प्रभात बचत तथा ऋण सहकारी संस्थाले बिरबहादुर थोकर कि छोरी सनिता थोकरलाई कक्षा ११ र १२ को पढाइको लागि भर्ना  खाना लुगा स्टेसनरीको व्यवस्था गरिएको छ। भने बिद्यालयको तर्फबाट पार्वती मा.वि बेथानचोक  का प्रधानाध्यापक - गोविन्द प्रसाद शर्माको सहकार्यमा विद्यार्थी सनिता थोकरलाइ बिद्यालयको सबै शुल्क र दुई बर्षको लागि बस्नलाई होस्टलको व्यवस्था गरिदिने सहमति भई एक गरिबको पढ्न पाउने अधिकार सुनिश्चित भएको छ।

 यसका लागि बिद्यालय र प्रभात बचत तथा ऋण सहकारी संस्था  संग सहमति भएको छ । उक्त सहमति पत्रमा संस्थाको तर्फबाट अध्यक्ष सागरनाथ कपालि कोषाध्यक्ष बलराम मानन्धर लेखा समिति सदस्य धन बहादुर कर्मचार्यले हस्ताक्षर गर्नुभएको छ। बिद्यालयको तर्फबाट प्रधानाध्यापक गोविन्द प्रसाद शर्मा सह-प्रधानाध्यापक पध्मनारायण तिमल्सिना शिक्षक बाबुराम तिमल्सिना र प्रशासनिक सहायक सुनिल लामाले हस्ताक्षर गर्नुभएको छ।

 प्रधानाध्यापक गोविन्द शर्माले भन्नुभयो यस्ताे शिक्षाको क्षेेत्रमा र पनि गरिब परिवार विपन्न परिवारलाई यति गर्ने पाउँदा खुसिलागेको बताउनुभयो । संस्थाका अध्यक्ष सागरनाथ कपालि ले बर्षिनै यस्ता खालको समस्या र परिस्थिति मा संस्थाले सकेको गर्दै आएको र भविष्यमा पनि गर्दै जाने जिकिर गर्नुभयो।

थप