डीएसपी रेशम बोहोराको नेतृत्वमा लागुऔषध (खैरो हिरोइन) सहित दुईजना पक्राउ

  •   ११ महिना अघि | १ असार २०८०, शुक्रबार,     मणिराम दाहाल

  काभ्रे ।  ईलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बाेहाेराले अपराध अनुसन्धान तथा नियन्त्रणमा उल्लेखनीय भुमिका निर्वाहा गर्दै आएको  देखिन्छ ।चोरी डकैती होस् या लागुऔषध दङ्गा नियन्त्रणमा होस् या सचेतना कार्यक्रममा डीएसपी रेशम बोहराको क्षमता उत्कृष्ट रहेको देख्न र अनुभव गर्ने सकिन्छ । डीएसपी रेशम बोहराको  नेतृत्वमा र लागू औषाध नियन्त्रण ब्युरो समेतको टाेलिले    रातिको समयमा  काभ्रे जिल्ला बनेपा  नगरपालिका वडा नं -८ स्थित राम प्रसाद ढकालको घरमा डेरा गरी बस्ने मानिसहरुको डेराकोठामा  खानतलासी गर्ने क्रममा कोठा तथा मानिसहरुको साथबाट खैरो हिरोईन सहितका लागू औषध  फेला पारी वरामद गरेकाे डीएसपी रेशम बोहराले बताउनुभएको  छ ।

                   पक्राउ पर्ने ब्यक्तीहरू

१) जिल्ला भोजपुर, टेम्केमैयुङ गा.पा.वडा नं.०९ ठेगानाका बर्ष ३० को पुरुष व्यक्ति १ 

२) जिल्ला काभ्रेपलाञ्चोक तेमाल बस्ने बर्ष १९ कि महिला १ 

                   बरामद सामानहरू 

१) लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६५ ग्राम,

२) डिजिटल तराजु थान १,

३) नगद नेपाली रु ३,१९,०००/- (तिन लाख उन्नाईस हजार रुपैयाँ मात्र),

४) मोबाइल:आईफोन 11 थान १ र POCO थान १

थप