बहुविवाह मुद्धाका फरार जोडीलाई प्रहरीले पक्राउ गरेको छ

  •   ३ वर्ष अघि | २६ असार २०७८, शनिबार,    

काभ्रे , जिल्ला चौरीदेउरालि गाउपालिका मा बहुविवाह गरि फरार रहेका जोडी पक्राउ परेका छन्।
फैसला कार्यन्वयनको सिलसिलामा  अदालतबाट प्राप्त प्रमाण र  आधार उल्लेखित गरि फरार रहेका प्रतिवादीहरुको खोजतलासको क्रममा ईलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीबाट प्रहरी निरीक्षक अनिष बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ पारेको थियो।
जिल्ला अदालत काभ्रेपलाञ्चोकको फैसलाले उल्लेखित कैद, हुने ठहर गरि  हाल सम्म फरार रहेका चौरीदेउरालि वडा न ९  बस्ने  अनिता परियार र चित्र ब.परियार लाई  लुकीछिपी बसीरहेको अवस्थामा फेला पारि तत्काल कानुन बमोजिम पक्राउ गरी कैद फर्छौटको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ।                                              

थप