भागरथी बलात्कारपछि हत्या अभियुक्त दिनेश संग मिल्यो भजाइनल स्वाब

  •   ३ वर्ष अघि | १२ चैत्र २०७७, बिहिबार,    

काठमाडौ,  भागरथी भट्ट बलात्कार तथा हत्याका अभियुक्त दिनेश भट्टको डिएनए रिपोर्ट भागरथीसँग मिलेको छ ।

भागरथीको भजाइनल स्वाब र डिएनए रिपोर्ट अभियुक्त भट्टसँग ‘म्याच’ भएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक डीआइजी उत्तम सुवेदीले लोकपथलाई बताए ।

दिनेशलाई प्रहरीले यसअघि नै पक्राउ गरी अदालतको आदेशले बालसुधार गृह चलान गरिसकेको छ ।

विधि विज्ञान प्रयोगशाला काठमाडौंमा परीक्षणका लागि पठाएको भागरथीको भजाइनल स्वाब र डिएनए रिपोर्ट दिनेश भट्टसँग मिलेको डीआइजी सुवेदीले बताए ।

उनका अनुसार घटनास्थलमा फेला परेको रगत, भागरथीको शरीरको रगत, भजानल स्वाब र डिएनए रिपोर्ट दिनेशसँग मिलेको हो ।

‘अहिलेसम्म गरिएका सबै अनुसन्धान, फेला परेका प्रमाण र डिएनए परीक्षणबाट दिनेश नै बलात्कार तथा हत्यामा संलग्न भएको पुष्टि भएको छ ।’ डीआइजी सुवेदीले बताए ।

दिनेशलाई पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ । यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुवालाई आफूले बलात्कार र हत्या नगरेको भनेर भनेका थिए । उनले गाउँपालिकाकै एक कर्मचारीको नाम समेत किटान गरि त्यो मान्छेले आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए । तर भागरथीसंग दिनेशको डीएन म्याच भएपछि दिनेश नै उक्त घटनामा संलग्न रहेको पुष्टि भएको छ ।

गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो ।

प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो । त्यसपछि प्रहरीले दिनेशलाई २० दिन हिरासतमा राखेर थप अनुसन्धान गरेको थियो । जिल्ला अदालत बैतडीले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको थियो ।

थप