रोशिको झडपमा एकको मृत्यु एक घाइते

  •   ३ वर्ष अघि | २२ कार्तिक २०७७, शनिबार,    

रोशी गाउँपालिका वडा नं ११ स्थित भैँसेडाँडामा झडप हुँदा एक जनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय सुब्बा बिशुंखे र खड्ग नेपालीबिच जग्गाको विषयमा विवाद बढ्दै गएपछि झगडा भएको रोशी गाउँपालिका वडा नं ११ का वडाध्यक्ष मिलन लामाले बताए । उनका अनुसार झगडाकै क्रममा एकआपसमा कुटाकुट हुनुको साथै बञ्चरो प्रहार पनि भएको थियो ।

उक्त घटनामा सुब्बा बिशुंखेको घटनास्थलमै मृत्यु भएको र खड्ग नेपाली घाइते भएको वडाध्यक्ष लामाले जानकारी दिए । घाइते नेपालीको उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको उनले बताए ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जनाइएको छ 

थप