युवक अपहरण गर्ने तीन जना पक्राउ :काभ्रे

  •   ४ वर्ष अघि | २६ भदौ २०७७, शुक्रबार,    

काभ्रे, जिल्ला बनेपा नगरपालिका बुडोलबाट  व्यक्ति अपहरण तथा शरीर बन्दक बनाई फिरौती रकम माग्ने तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका  तीनघरेका आकाश परियार, तेमाल गाउँपालिका  सविना तामाङ र रोेशी गाउँपालिका उमा परियारलाई पक्राउ गरेको हो ।
उनीहरुले पाँचखाल नगरपालिका वडा  देवभूमिका राजकुमार दनुवारलाई अपहरण गरी बन्धक बनाई ५० हजार फिरौती माग गरेको प्रहरीले जनाएको छ ।
बिहीबार राती बनेपा नगरपालिका बुडोलबाट पिडित राजकुमार दनुवारलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

थप