काभ्रे । ज्याेति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र महेश्वरी कृषि सहकारी संस्था लिमिटेड बिच आज एकीकरण भएको छ।
संस्था एकीकरण कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्रेष्ठ, अतिथि वडा नं ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहाल , वडा नं ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ ,ज्योति बहुउद्देश्यीय संस्थाका सञ्चालक हरु , महेश्वरी कृषि सहकारी संस्थाका सञ्चालक समितिको उपस्थिति मा दुईवटा संस्था एकीकरण भएका हुन्।
संस्था एकीकरण पछि संस्थाको नाम ज्योति बहुउद्देश्यीय सहकारी संस्था रहने र सेवा केन्द्र महेश्वरी कृषि सहकारी संस्था रहने निवर्तमान महेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष श्याम सापकोटाले बताउनुभयो ।
संस्थाको कार्यक्षेत्र काभ्रे जिल्ला भर , भक्तपुर ,मकवानपुर ,र अरु जिल्लामा पनि रहने उहाँले बताउनुभयो ।
संस्थाको मुख्य कार्यलय बनेपा ७ गोदामचोकमा रहने छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
महेश्वरी कृषि सहकारी र ज्योति बहुउद्देश्यीय सहकारी बिच एकीकरण
- ५ वर्ष अघि | १ फाल्गुन २०७८, आइतवार,