काभ्रे । भुम्लु गाउँपालीका मा किसान हरुको हितको लागि उत्पादन मुलक पाँच दिने गाई, भैँसी, बाख्रा पालन तालिम सम्पन्न भएको छ।
आज एक कार्यक्रम आयोजना गर्दै अध्यक्ष गुमानध्वज कुवरले तालिमको समापन गर्नुभएको हो। कार्यक्रमले गाउँपालीका भरिका कृषकहरुलाई गाई, भैंसी,बाख्रा पालन कसरी गर्ने , उन्नत जातका पशुपालन बाट हुने फाइदा र विभिन्न विषयमा तालिम भएको अध्यक्ष कुवरले बताउनुभयो ।
परम्परागत प्रविधि भन्दा आधुनिक तरिकाबाट कृषि पेशालाई अगाडि बढाउन सके कृषकहरु धेरै नै लाभान्वित हुने कृषि सँग आवद्ध विशेषज्ञ हरुको भनाइ छ।