बनेपा नगरपालिकाले कृषकलाई गर्यो कृषि उपकरण वितरण

  •   ३ वर्ष अघि | २२ साउन २०७८, शुक्रबार,    

काभ्रे। जिल्ला बनेपा नगरपालिकामा कृषकहरूलाई विभिन्न कृषि उपकरणहरु हस्तान्तरण गरिएको छ।

कृषि उपकरण हस्तान्तरण कार्यक्रम मा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप-प्रमुख रेखा सापकोटा दाहाल तथा ११ नं वडा अध्यक्ष शिव कुमार थापा लगायतको उपस्थिति थियो ।

बनेपा नगरपालिका भित्रका कृषकहरूलाइ  हस्तान्तरण गरिएको कृषि उपकरणहरू  अन्तर्गत हाते ट्रयाक्टर २० वटा, मकै छोडाउने मेशिन ३६२, बिषादि छर्ने मेशिन ३६२, धान झार्ने मेशिन १०६ वटा, शिल पोनिक प्लास्टिक १८ वटा, टनेल प्लाष्टिक ३३४ वटा, सुधारिएको आरनमा आगो फुक्ने मेशिन ८ वटा, पानी तान्ने पम्प ७ वटा वितरण गरिएको थियो  ।

थप