काभ्रे, जिल्ला बनेपा नगरपालिकाले दलित/ जनजाति समुदायको लागि लक्षित कार्यक्रम अन्तर्गत सीप अनुसारको सामाग्री हस्तान्तरण गरि सम्पन्न भयो।
कार्यक्रममा लक्षित समुदाय अन्तर्गत उन्नत जातका बाख्रा काे पाठी/सिलाइ तथा जुत्ता सिलाउने मेसिन बितरण गरेकाे छ ।
विगतका कार्यक्रम जस्तै नगरपालिकाका विविध जनता संग सरोकार राखेका कार्यक्रम हरु नगरपालिकाले निरन्तर गर्दै आएको छ।
नगरपालिकाले आयोजना गरेको समानहरू हस्तान्तरण गर्ने कार्यक्रममा बनेपा नगरका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ , उप-प्रमुख रेखा सापकाेटा दाहाल , प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती ,वडा अध्यक्षहरु कार्यपालिका सदस्य लगायतका व्यक्तित्व हरुको उपस्थिति थियो।
नगरपालिकाका यो कार्यक्रम अन्तर्गत १ सय १७ परिवारलाई बितरण गरिएकाे नगरपालिकाले जनाएकाे छ।