मण्डनदेउपुर नगरपालिकाले अनुदानमा किसान लाई हाते ट्याक्टर र बोयर जातको बोका वितरण

  •   ३ वर्ष अघि | ३० असार २०७८, बुधबार,    

काभ्रे,जिल्ला मण्डनदेउपुर नगरपालिकाका किसानलाई हाते ट्याक्टर   वितरण गरिएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर  वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका १२ वटा वडाका लागि १ सय ५५ वटा मिनी टिलर वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख गोपाल प्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा किसानलाई मिनी टिलर वितरण गरिएको हो । नगरपालिकाले यस अघि पनि किसानलाई मिनी टिलर वितरण गरेको उनले बताए ।

त्यस्तै उक्त कार्यक्रममा नगरपालिकाका किसानलाई निःशुल्क बोयर जातका बोका वितरण गरिएको प्रमुख सापकोटाले बताए । उनका अनुसार वडा कार्यालयले सिफारिस गरेका किसानलाई नगरपालिकाले आज बोका वितरण गरेको हो । नगरपालिकाले लैनो गाई र भैंसीको पाडी पनि वितरण गर्ने योजना बनाएको उनले जानकारी दिए ।

थप