निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे ट्राफिक प्रमुख सुरेश थापाको सक्रियता तिव्र :प्रत्येक हप्ता ट्राफिक सचेतना कक्षा

  •   ३ वर्ष अघि | १ असार २०८०, शुक्रबार,     मणिराम दाहाल

काभ्रे ।जिल्ला ट्राफिक कार्यलय काभ्रेका विभिन्न ठाउँमा ट्राफिक व्यवस्थापन राम्रो हुदै आएको छ।

जिल्ला ट्राफिक कार्यलय काभ्रे प्रमुख सुरेश थापा आएपछि बनेपाको बसपार्क व्यवस्थापन , एकतर्फी पार्किङ ,चेकजाँच लाई सभ्य र सरल ढङ्गबाट दैनिक गरिरहेको उहाँले बताउनुभयो। ट्राफिक समन्धि सचेतना कक्षा हप्ताको एक दिन हुदै आएको छ।सवारी साधन कसरी चलाउदा दुर्घटना न्युनिकरण गर्ने सकिन्छ  लगायतका विभिन्न कुराहरुको जानकारी मुलक कुराहरु सचेतना कक्षामा हुने सुरेश थापाले जानकारी दिनुभयो ।

काभ्रे पुर्वको व्यापारीक नाका भनेर चिनिन्छ सवारी साधनको चाप पनि यो क्षेत्रमा धेरै हुने गरेकोले दुर्घटना बढ्ने सम्भावना रहेको र सचेतना कार्यक्रममार्फत चालकलाई सचेत गर्दै दुर्घटना न्युनिकरणमा सहयोग गर्ने सकिने उहाँले बताउनुभयो । मापसे चेक सवारीसाधनको यान्त्रिक परिक्षण ,सवारी चालकको स्वास्थ परिक्षण लगायतका कार्य गर्दै आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेश थापाले जानकारी दिनुभएको छ।


थप