काभ्रेपलाञ्चोक। धुलिखेल न.पा. ३ बाँसघारी स्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेल तर्फ जादै गरेको बा.प्र. ०१-००४ क ०१३० नं. को मिनि ट्रिफरले पैदल यात्री लाल बहादुरलाई ठक्कर दिएको हो।
मृतकको गोजिमा स्वास्थ्य सेवा कार्ड रहेको कार्डमा बर्ष ६५ को लाल ब. तामाङ नाम उल्लेख भएकोलाई ठक्कर दिई घाईते भएको अबस्थामा उपचारको लागि धुलिखेल अस्पताल लगेको, टाउको र खुट्टामा चोट, दाहिने कानबाट रगत आएको, अवस्था गम्भिर रहेका लाल बहादुरको राति १२ बजेको समयमा उपचारको क्रममा अस्पतालको सम्बन्धित चिकित्सकले मृत्यु भएको भनि मृत घोषणा गरेको हो । गाडि र गाडि चालक महाभारत गा.पा. ४ बस्ने बर्ष ३१ को पदम लामा जिल्ला प्रहरी कार्यलयको को नियन्त्रणमा रहेका छन्।