बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग खुल्यो

  •   १२ महिना अघि | १२ फाल्गुन २०७८, बिहिबार,    

काभ्रे : आज बिहानदेखि अवरुद्ध भएको अरनिको राजमार्ग खुलेको छ ।
काभ्रेको साँगामा सवारी दुर्घटनामा परेर बनेपा नगरपालिका वडा नं १४ का बिशाल तामाङको मृत्यु भएँगै मृतकका आफन्तले अरनिको राजमार्ग स्थित काभ्रेको साँगा अबरुद्ध गरेको थियो । दु्र्घटना गराउने सवारी साधानको पहिचान खुलेपछि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय काभ्रे बनेपाका प्रमुख राजन कोइरालालले जानकारी दिए ।
उनका अनुसार बुधबार राति बनेपाबाट काठमाडौँतर्फ जाँदै बा ५ ख ६९९९ नं को ट्रिपरले काठमाडौँतर्फ जाँदै गरेको बनेपा नगरपालिका वडा नं १४ का बाइकमा सवार बिशाल तामाङलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट बिशालको मृत्यु भएको थियो ।
बिशालको मृत्युपश्चात उनका आफन्त दुर्घटना गराउने सवारीको पहिचान खुलाउन माग गर्दै आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्गमा अवरुद्ध हुदाँ सयौं यात्रु बिच बाटोमै रोकिएका थिए ।

थप