काभ्रे । जिल्ला रोशी गाउँपालिका ७ कटुन्जेस्थित बीपी राजमार्गमाथिबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको निधन भएको छ ।
जनकपुरबाट आउँदै गरेको ज८प७४९० नम्बरको मोटरसाइकलमाथि बिहान करिब ९ बजे ढुङ्गा खसेको हाे । दुर्घटनामा मोटरसाईकल चालक महोत्तरी रामगोपालपुर घर भएका वर्ष २८ का सरोज कुमार साहको मृत्यु भएको छ ।
भने मोटरसाईकल पछाडि सवार रामानन्धचोकका ३० वर्षका सुमित कुमार साह घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख भुपेन्द्र खत्रिका अनुसार दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी कटुन्जेबाट खटिएको प्रहरीटोली घटनास्थल पुगेको थियो ।
घाइतेलाई एम्बुलेन्समार्फत धुलिखेल अस्पताल पुर्याइए पनि डाक्टरले बिहान १०:३० बजे नै चालक सरोजलाई भने मृत घोषणा गरिदिएका थिए । त्यस्तै, अर्का घाइतेको भने पेट र अनुहारमा चोट लागेको र थप उपचार चलिरहेको डिएस्पी खतिवडाले जनाए ।