सवारी दुर्घटना न्युुुुनिकरणको लागि काभ्रेमा ट्राफिक प्रशिक्षण कार्यक्रम सुरु

  •   ३ वर्ष अघि | ५ चैत्र २०७७, बिहिबार,    

काभ्रे, जिल्ला ट्राफिक कार्यलय काभ्रेले जनचेतना मुलक सचेतना कार्यक्रम आज बाट सुरु गरेको छ।
कार्यक्रममा बागमती प्रदेश चितवन रामनगर प्रमुख शान्ति राज कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै कार्वाही मा परेका चालक लाई उहाँको कागजात फिर्ता दिई कार्यक्रम को उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम मा कार्वाही मा परेका चालक हरुलाई सचेतना दिदै उहाँले भन्नुभयो दुर्घटना न्युनिकरण ट्राफिक नियमको पालना गर्नाले  हुन्छ ।
सडक सभ्यता लाई ध्यान दिई  ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना मा कमि आउछ । बागमती प्रदेशमा यो बर्ष  १६ करोड राजस्व उठेको र ट्राफिक प्रहरीले राजस्व लाई मात्र ध्यान नदिएको हामी दुर्घटना न्युनिकरणमा लागेको उहाँले बताउनुभयो । काभ्रेमा मात्रै यो बर्ष सडक दुर्घटनामा परि मृत्यु हुनेको संख्या १७ पगेको पनि बताउनुभयो । 
सडक दुर्घटनाको मुख्य कारण मानविय त्रुटि पहिलो नम्बर र मौसम ,सडक को अवस्था  मापसे, सवारी चालक अनुमति पत्र नलिई, सवारी चलाउनु लेन अनुसन्धानमा ध्यान नदिनु सवारी साधन मोडिफाईव गर्ने यस्ता खालका कार्यले दुर्घटना बढेको र यस्ता खालका ट्राफिक  कसुर मा संलग्न सवारी चालकलाई नियमित सचेतना कक्षा लिने पनि उहाले बताउनुभयो।
कार्यक्रम मा काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख विशाल तामाङ ले भन्नुभयो  आफुबाट सुरु गरौ , दुर्घटना न्युनिकरण हुन्छ , सकारात्मक हिसाब बाट ट्राफिक कार्वाही लाई लिनुस् यसले दुर्घटना घट्छ ।
 महत्त्वपूर्ण कार्यक्रमको हामीले सुरुवात गरेका छौ।  प्रभावकारी ढङ्गबाट सचेतना कार्यक्रम लाई अगाडिबढाउनुपर्छ ।  यस्ता खालका कार्यक्रम ले दुर्घटना न्युनिकरण हुन्छ । गल्ती गर्नु भन्दा पहिले सोच्न  बाध्य हुनुपर्छ । नत्र ज्यान जान्छ । दुर्घटना रहित जिल्ला बनाउने हाम्रो  अभियान मा हामी लागिरहने छौ। कार्यक्रम सञ्चालन र दुर्घटना समन्धि जनचेतनामुलक भिडियो ट्राफिक प्रहरीका सई विकल भट्टराईले गर्नुभएको थियो ।

थप