सुख्खा पहिरोमा परेकि मैयाँ बजगाईको शव ९ दिन सम्म पनि परेन फेला कुशको शव बनाएर दाहसंस्कार

  •   ४ वर्ष अघि | १० भदौ २०७७, बुधबार,    

काभ्रे, बनेपा नगरपालिका वडा नं ३ तिनघरेमा घाँस काट्ने क्रममा सुख्खा पहिरो आई घाँस काटिरहेकि मैयाँ बजगाई भदौ ४ गते देखि बेपत्ता भएकि र निरन्तर खोजि गर्दा फेला पार्न नसकिए पछि रिति अनुसार संस्कार गर्ने लागिएको हो।

घाँस काट्न को लागि काक्रे बाट तिनघरे मा गएकी र घाँस काट्दा काट्दै पहिरो आएर बेपत्ता भएकी प्रत्यक्ष दर्शिले बताएका थिए।उद्धारका लागि घटना भएको दिनबाटै  वडा अध्यक्ष कृष्ण प्रसाद दाहालले जिल्लाका सिडियो श्रमण कुमार तिमल्सिना  सँग समन्वय गरि नेपाल प्रहरी, नेपाल आर्मि , सशस्त्र प्रहरी , स्थानीयवासी को बाक्लो उपस्थितिमा , दम्कलबाट पानिको फोहोरा हालि पहिरोको माटो सफा गरि, कुकुर परिचालन गरि ,   ९ दिन सम्मको निरन्तर खोजी र सम्पूर्ण व्यक्तिहरुको सक्रियता मा पहिरो को करिब दुई सय मिटर तल सम्म पनि मैयाँ बजगाइको शव उत्तखनन गर्दा फेला पार्न नसकिएको वडा अध्यक्ष केपि दाहालले जानकारी दिनुभयो। पहिरो अवलोकन को लागि र घटना स्थल को निरिक्षणको लागि सिडियो श्रमणकुमार तिमल्सिना , जिल्ला प्रहरी प्रमुख रवि राज पौडेल ,प्रदेश सासंद बसुन्धरा हुमगाइ , बनेपा नगरपालिका का मेयर लक्ष्मि नहरसिंह वादे, उपमेयर रेखा सापकोटा दाहाल,मण्डनदेउपुर नगरपालिका का मेयर टोकबहादुर वाइवा र विभिन्न व्यक्तित्व हरुको निरिक्षणमा र समन्वय मा सहभागिता रहेको वडा अध्यक्ष केपि दाहालले एक्टिभ मिडिया लाई जानकारी दिनुभयो। बेपत्ता महिला ९ दिन सम्म पनि फेला नपरेपछि रितिरिवाज अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको बताउनुभयो ।   अन्तिम दाहसंस्कार आजनै गरिने पनि बताउनुभयो ।

थप