काभ्रे । होटल रिर्साेट र विदेशमा भविष्य खोज्ने मध्यपहाडी जिल्लाका युवालाई केन्द्रीत गरेर बनेपामा इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर सञ्चालनमा ल्याइएको छ ।
विशेष गरेर सामान्य र मध्यम खालका परिवारका युवालाई समेटेर संञ्चालनमा ल्याइएको इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरबाट हस्पिटालिटीका सबै सेवा लिन सकिने भएको छ ।
विद्यार्थीको उज्वल भविष्यप्रती समर्पित रहेर काभ्रेको बनेपामै हस्पिटालिटी म्यानेजमेन्टको तालिम केन्द्र संचालनमा आएको छ । लामो समयदेखि यही क्षेत्रमा कृयाशिल अनुभवि समुहले बनेपाकै मुटु चार दोबाटोमा बुधबारबाट इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर संचालनमा ल्याएसँगै काठमाडौंसम्म हुने तालिम बनेपामै हुने भएका हुन् ।
सिटिइभिटीबाट मान्यताप्राप्त सो सेन्टर स्थापनासँगै हस्पिटालिटी म्यानेजमेन्टको सम्पुर्ण समस्याको समाधान एकै ठाउँबाट हुने भएका छन् । विदेश जानको लागि अनिवार्य आवश्यक रहेको धेरै तालिम लिनकै लागि काठमाडौंसम्म जाने बाँध्यताको अन्त्यको लागि बनेपामै इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्टको कक्षा संचालन सुरु गरेको केन्द्रका लक्ष्मीराज शाहले जानकारी दिए ।
बुधबार एक कार्यक्रमका बीच तालिमको सुभारम्भ गरिएको छ । बनेपाको मुटु चारदोबाटोमा संचालनमा आएको केन्द्रको स्थापनाको अवसरमा छुट नै छुटको व्यवस्था गरिएको जनाएको छ । यस्तो अवसर पटक पटक नआउने भएकाले मौकाको फाईदा उठाउन सकिनेछ । वेटर, बारिष्टा, कुक, वार टेर्निङ, सुसी, हाउस किपिङ, होटल तालिमका लागि सेन्टरले अनुभवी तथा दक्ष शिक्षकबाट मोटिभेसन विधीबाट गुणस्तरीय तालिम प्रदान गर्ने भएपछि विद्यार्थी प्रभावित भएका छन् ।
हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरमा तालिमका लागि आवश्यक सामाग्री पर्याप्त मात्रामा उपलव्ध हुने दाबी संचालकको छ । २० बर्षदेखि यही क्षेत्रमा कृयाशिल समुहले स्थापना गरेको हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर आकर्षक समेत छ । तोकिएको शुल्कभन्दा एक रुपियाँ पनि धेरै तिर्न नपर्ने र विद्यार्थीका लागि सबै सुविधा दिने भएकाले त्यो काभ्रे तथा आसपासका जिल्लाका विद्यार्थीका लागि निक्कै लाभदायक रहेको छ ।