आजादका नर्सरी देखि ५ कक्षा सम्मका विद्यार्थीलाई ट्रयाक सुट वितरण

  •   २ वर्ष अघि | २२ फाल्गुन २०७८, आइतवार,    

काभ्रे : जिल्लाको बनेपा नगरपालिका वडा नं ५ स्थित आजाद उ.मा.विका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ । विद्यालयकी पूर्व विद्यार्थी अनिला कायष्थले आज विद्यालयका शिशु कक्षादेखि कक्षा ५ सम्मका ८९ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेकी हुन् ।
आफ्नो बुबा रामचन्द्र कायष्थको १४ औँ पून्य तिथिको अवसरमा विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको पूर्व विद्यार्थी अनिला कायष्थले जानकारी दिइन् । उनका अनुसार हरेक वर्ष बुबाको पुन्य तिथिको अवसर सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएका थियौँ । यस वर्ष आफ्नै विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरेर सहयोग गर्न पाउँदा उनले खुशी व्यक्त गरिन् ।
विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै, विद्यालयका प्रधानाध्यापक राम नारायण श्रेष्ठले भने, केही समय अघिदेखि विद्यार्थीहरुमा पोशाक सम्बन्धि समस्या भएकाले रङ्गीचङ्गी कपडा लगाएर आउने गरेका थिए । विद्यार्थीहरुले अहिले नयाँ पोशाक पाएका छन् । अब विद्यार्थीहरुमा पोशाक सम्बन्धि समस्या नहुने उनले बताए ।

थप