लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रम गर्दै काभ्रे प्रहरी 

  •   २ वर्ष अघि | १३ मंसिर २०७८, सोमवार,    

काभ्रे । धुलिखेल  "लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान" अन्तर्गत "Orange the world - End violence against women Now" भन्ने अन्तराष्ट्रिय नारा तथा "घरैबाट शुरु गरौ महिला हिंसा अन्त्य गरौ" भन्ने मुल नाराका साथ माईती नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं. ११ स्थित भगवतीस्थानमा माईती नेपालका निर्देशक विश्वराम खड्काज्यूको आतिथ्यतामा सचेतनामुलक कार्यक्रमको आयोजना गरियो । 
 उक्त कार्यक्रममा माईती नेपालका कर्मचारी, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी अधिकृत तथा जवानहरु, स्थानिय नागरिक, शिक्षक, बिद्यार्थी, बिभिन्न सामाजिक क्षेत्रमा आबद्ध पदाधिकारीहरु लगायतका व्यक्तित्वहरु समेत गरी १४५ जनाको उपस्थिती रहेको थियो ।
 सो कार्यक्रममा माईती नेपालबाट लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक नाटक, नृत्य प्रस्तुत गरिएको थियो भने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट समेत सचेतनामुलक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि माईती नेपालका निर्देशक विश्वराम खड्काज्यूले नेपालमा लैङ्गिक हिंसाका कारण र मानब बेचबिखनको अवस्था र पीडितको उद्दार र पुनस्थापनामा माईती नेपालको भुमिका बारे मन्तव्य प्रस्तुत गर्नु भयो भने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञचोकका प्रहरी निरीक्षक संजिता श्रेष्ठले लैङ्गिक हिंसाको परिचय दिदै लैङ्गिक हिंसाका कारण र रोकथाम तथा नियन्त्रण सहित काभ्रेपलाञ्चोक जिल्लाको लैङ्गिक हिंसा सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै प्रहरी र माईती नेपालको समन्वयात्मक भुमिकाको बारे चर्चा गर्नु भयो । 
त्यसै गरी श्री पलाञ्चोक भगवती माध्यामिक बिद्यालयका  प्रधानध्यापक बेग बहादुर थापाज्यूले उक्त कार्यक्रमबाट बिद्यार्थी तथा नगरिकलाई लैङ्गिक हिंसा, सो सम्बन्धी कानुनी व्यबस्था तथा उजुरी गर्ने निकायहरु सम्बन्धी जानकारी हासिल भई त्यस्ता हिंसा समयमानै रोकथाम गर्ने साथै आवज उठाउने सक्रिय विधि अपनाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

थप