ट्राफिक इन्स्पेक्टर राजेश सिलवाल बागमती प्रदेशको सर्वोत्कृष्ट ट्राफिक प्रहरी घोषित

  •   १ वर्ष अघि | ३ फाल्गुन २०७९, बुधबार,    

काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेश सिलवाल बागमती प्रदेशको सर्वोत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा इन्स्पेक्टर सिलवाललाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

इन्स्पेक्टर सिलवालले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै ट्राफिक नियम सम्बन्धि जनचेतना फैलाउने कार्यामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्  ।

अन्य प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कार्यरत प्रहरी कर्मचारीहरुमध्ये सर्वोत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई हरेक महिनामा पुरस्कृत गर्दै आइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

थप