समृद्ध पनौतीको सपना पुरा गर्न मेरो उम्मेदवारी : भीम न्यौपाने

  •   २ वर्ष अघि | १६ बैशाख २०७९, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे : नेकपा एमालेको तर्फबाट पनौती नगरपालिकाका मेयरका उम्मेदवार भीम न्यौपानेले समृद्ध पनौतीको सपना पुरा गर्न उम्मेदवारी दिएको बताए ।

पुर्व मेयर समेत रहेका न्यौपानले आफ्नो पाँच वर्षको कार्यकालमा विकासको जग बसालेको बताए । बाँकी रहेका अधुरा काम पुरा गर्न आफुले पुःन मेयरमा उम्मेदवारी दिएको उनको भनाई छ । विकास निर्माण, सुशासन, समृद्धि र राष्ट्रियताको सवालमा नेकपा एमालेको स्पष्ट दृष्टिकोण रहेकाले समृद्ध पनौतीका लागि एमालेले नै जित्पुर्ने उनले बताए ।
मेयरका उम्मेदवार न्यौपानेले पाँच वर्षमा विकासको जग बसेको बताउँदै बाँकी काम अघि बढाउने प्रतिवद्धता जनाएका छन । जनताले हिजो पनि विश्वास गरेकाले यो पटक पनि विश्वास गर्ने न्यौपानले बताए । जनताको साथ लिएर सुखी नागरीक, समृद्ध पनौतीको सपना साकार पर्ने उहाँको भनाई छ । जिल्लाभरी दर्ता भएका ३० दल एकातिर र एमाले एक्लै एकातिर हुँदा पनि एमालेले २९ दललाई पराजीत गर्ने उनको दाबी छ ।
पनौतीमा कृषि क्षेत्रको विकास बिना जनताको जीवनस्तर उकास्न सम्भव नभएको निष्कर्षमा पुगेर आफ्नो कार्यकालमा कृषि क्षेत्रमा उल्लेख्य काम गरेको पुर्व मेयर समेत रहेका न्यौपानेले बताए । भैंसी प्रवद्र्धन कार्यक्रम, गाई प्रवद्र्धन, बाख्रा प्रवद्र्धन, बेमौसमी तरकारी खेती लगायतका कामलाई थप व्यवस्थीत गर्ने उनको भनाई छ ।
आफु निर्वाचित भएपछि खण्डहरको रुपमा रहेको रंगशालाको काम पुरा गर्ने, बनेपा–पनौती–कामीडाँडा–फापरबारी–हेटौंडा मोटरबाटो सम्पन्न गराउन पहल गर्ने, काभ्रे भ्याली एकिृत खानेपानी आयोजना सम्पन्न गर्ने, विश्वसम्पदा सुचीमा सुचिकृत हुन प्रस्तावित पनौती क्षेत्रलाई सुचीकृत गराउने, धार्मिक पर्यटन र कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिने, साना साना उद्योग स्थापना र सिप विकासमा गर्ने मेयरका उम्मेदवार न्यौपानले बताएका छन ।

थप