निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

मन्त्री चन्द्र लामालाई मेयर भिम न्यौपानेले पनौतीमा गरे भव्य सम्मान

  •   ५ वर्ष अघि | २८ भदौ २०७८, सोमवार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका मा सालिन व्यक्तित्व र सबैलाई समान व्यवहार गर्ने चन्द्र लामा बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लाई पनौतीका मेयर भिम न्यौपानेले भव्य  सम्मान गरेका छन् ।

आफूसँगै हिड्ने सरल व्यक्ति मन्त्री बनेसँगै उहाँलाई जिल्लाबाट निक्कै धेरै सम्मान भैरहेको छ । शनिबार प्रेस चौतारी काभ्रेले सम्मान गरेको उहाँलाई आईतबार एक दर्जनभन्दा धेरै संस्थाले सम्मान गरेका छन् ।

आईतबार पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, युवा संघ धुलिखेल नगरकमिटी, निर्माण व्यवसायी संघ काभ्रे, नेकपा एमाले नमोबुद्ध नगर कमिटी, भकुण्डे जेसीस, भकुण्डे जुनीयर जेसिस, जनक क्याम्पस, जनक मावि, रोशी वाङ्मय प्रतिष्ठानले सम्मान गरेको हो ।

पनौतीमा मन्त्री लामालाई विशेष सम्मान गरिएको छ । शुभकामना कार्यक्रम पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, ज्यु प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद काफ्ले,वरिष्ठ प्रशासकिय अधिकृत इन्द्र अधिकारीको उपस्थिती रहेको थियो ।

थप