निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

अब ट्रायल पास गरेकै दिन लाइसेन्स पाइने

  •   ५ वर्ष अघि | १९ भदौ २०७८, शनिबार,    

जनकपुरधाम। सवारी चालक अनुमति पत्र (लाईसेन्स) को ट्रायल पास गरेको महिनौसम्म लाईसेन्स प्राप्त गर्न कठिन भएको बेला महोत्तरीमा ट्रायल पास गरेकै दिन लाईसेन्स दिन सुरु गरेको छ।यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासले ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गरेको छ।
चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै स्मार्ट कार्ड जस्तै परिक्षणकालीन कार्ड वितरण सुरु गरेको हो।
नयाँ सवारी चालक अनुमतिपत्र वाहकलाई परिक्षणकालीन कार्ड वितरण कार्यक्रम आयोजना गरेर एक वर्षका लागि क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स वितरणको सुरुवात गरेकोे यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले बताए।

थप