काभ्रे जिल्लामा अहिलेसम्मकै उत्कृष्ट सुरक्षा :आम जनमानसमा खुसि, दुर्घटनामा पनि कमि

  •   २ वर्ष अघि | २४ असोज २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । जिल्ला प्रहरी कार्यलयले जनताको सेवामा उत्कृष्ट सेवा दिएर आम काभ्रेली जनसमुदायको मन जितेको एक कार्यक्रम बताइएको छ।

आज जिल्ला प्रहरी कार्यलय काभ्रेको चाडपर्व लक्षित सुरक्षा योजना समन्धि कार्यक्रम मा पत्रकार हरुले खुलेर जिल्ला प्रहरी काभ्रेको प्रसंशा गरेका थिए।कार्यक्रममा प्रहरीको सुरक्षा योजना र जिल्लामा शान्ति सुरक्षाको उत्कृष्ट प्रवन्ध भएकोले जनताले चयनको सास फेर्ने पाएकोमा प्रहरी प्रमुख सहित जिल्लाको सबै सुरक्षा टोलीलाई पत्रकारले बधाई समेत दिएका थिए।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दसैंको १५ दिनको अवधीमा जिल्लामा भएका घटनाका बारेमा जानकारी गराउँदै आगामी चाडपर्व र निर्वाचन लक्षित सुरक्षा योजनाका बारेमा जानकारी गराएको छ । घटस्थापना देखि पूर्णीमासम्ममा जिल्लामा ३३ जना पक्राउ परेका छन् ।


प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बालयौन दुब्र्यबहारमा एक जना, अभद्र ब्यवहारमा ३ जना, चोरीमा ४ जना, वुवामा २८ जना र सवारी ज्यान अभियोगमा १ समेत गरी ७ घटनामा ३३ जना पक्राउ परेको बताउनु भयो ।


अघिल्लो वर्ष यो अवधीमा ९ घटनामा १० जना पक्राउ परेका थिए । ‘जुवाका चार घटनामा २८ जना पक्राउ गरी १ लाख १९ हजार ६ सय ८५ रुपैया बरामदी भएको छ’– जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘घरेलु हिंसा तीनवटा र झै झगडाकाका दुई घटना भएका छन् ।’ पूर्वानुमान गरे भन्दा दसैँ सहज र सामान्य रुपले सम्पन्न भएको प्रहरीले बताएको छ । ‘विगतमा जस्तो अरनिको र विपी राजमार्गमा पट्यारलाग्दो जाम हुन दिएनौ’–एसपी चक्रराज जोशीले भन्नुभयो–‘दुर्घटना न्यूनिकरणका लागि अपनाईएका सबै उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन भए । जसका कारण यो अवधीमा दुर्घटना समेत हुन पाएन ।’


प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नीतिगत, संस्थागत र पूर्वाधार विकाससँगै जिल्लाको शान्ति सुरक्षाका लागि तयार गरिएका योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन गरिएको बताउनु भयो । चाडपर्व लक्षित सुरक्षा योजना, निर्वाचन विशेष सुरक्षा योजना र नियमित सुरक्षा योजनाका सन्र्दभमा चारवटै सुरक्षा निकाय र सरोकारवाला निकायसँग गरिएको समन्वय प्रभावकारी पारिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।


सोही अवसरमा प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट सम्पन्न गरिएका चाडपर्व लक्षित कार्यहरु, चाडपर्व लक्षित सुरक्षा योजना अनुसार परिचालित प्रहरी जनशक्ती, चाडपर्व लक्षित बजार अनुगमन, २०७८ र २०७९ सालको घटस्थापना देखि पूर्णिमा सम्मको घट्ना दर्ता संख्या, महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी उजुरी, चाडपर्व लक्षित अबैध घरेलु मदिरा नष्ट, चाडपर्व लक्षित समुदाय–प्रहरी–साझेदारी कार्यक्रम संख्या, सवारी दुर्घटना, मृत्यु, घाईते, कारवाही र राजश्व, जिल्ला प्रहरी कार्यालयको निर्वाचन लक्षित तयारी, जिल्ला कमाण्ड पोष्टको स्थापना गरी बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित सुरक्षा योजना निर्माण तथा कार्यान्वयन, आर्थिक कारोवार बढी हुने स्थानहरु जस्तै: बैक तथा बित्तिय संस्था, सुनचाँदी व्यवसाय र मुख्य बजार एरियाहरुमा पर्याप्त मात्रामा जनशक्ति परिचालन गरी भरपर्दो सुरक्षा व्यबस्था लगायतका विषयमा जानकारी गराएको थियो ।

थप