काभ्रे । बनेपा नगरपालिका वडा नं ११ मा नवनिर्मित राधाकृष्ण मन्दिरमा भोलि कन्या पुजा हुने भएको हो।
कृष्ण जन्म अष्टमीको अवसरमा कन्या पुजा गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वलदेव अधिकारीले जानकारी दिनुभयो ।
बनेपा वडा नं ११ खोले खेतमा शान्ति पार्क निर्माणाधीन अवस्थामा भएपनि राधाकृष्ण मन्दिरको भने हिजो उद्घाटन गरिएको हो।
राधाकृष्ण को मुर्तिलाई बाजागाजा सहित मन्दिर प्रवेश गराइएको थियोे ।
धार्मिक महत्त्व झल्काउने गरि परापूर्व कालदेखि गरिदै आएको कन्या पुजालाई निरन्तरता दिन खोजिएको र कन्या पुजामा करिब ३०० जना कन्या पुजा गरिने अनुमान गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव रामकेशर थापाले बताउनुभयो ।
भोलि ठिक ११ बजे राधाकृष्ण मन्दिर शान्ति पार्कमा कन्या पुजा हुने र सम्पूर्ण कन्या हरुलाई पुजामा निमन्त्रणा गरिसकिएको पनि थापाले जानकारी दिनुभयो ।