पुर्व सञ्चारमन्त्रीको जन्मदिन सामाजिक सञ्जालमा शुभकामना को बाढी

  •   ४ वर्ष अघि | १३ भदौ २०७७, शनिबार,    

काभ्रे, पुर्व सुचना तथा सञ्चारमन्त्री सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाको आज परेको शुभ जन्मदिनको अवसर पारेर उनका शुभचिन्तक तथा पार्टी  नेता कार्यकर्ताहरुले सामाजिक सञ्जाल फेसबुकमा शुभकामनाको बाढी नै लगाइदिएका छन्। पछिल्लो समय अडियो टेप काण्ड बनाई बिवादित बनाइएपछि सुचना तथा सञ्चार प्रविधि र सहरी विकास मन्त्रालय बाट राजिनामा दिई आफुले गर्दै नगरेको र कुनै हालतमा पनि प्रमाणित गरेर देखाउन चेतावनी दिदै आएका गोकुल प्रसाद बास्कोटा काभ्रेली जनताका भरोसा का व्यक्ति र तात्कालिन सरकारका खम्बा हुन।
उनको अख्तियारमा परेको अडियो टेप को मुद्दा पनि तामेलीमा गइसकेको र चाडैं नै निर्दोष प्रमाणित हुने पनि जानकारीमा छ।  फेरि पनि मन्त्री हुने सम्भावना धेरै नै रहेको उनका समकक्षीहरु बताउछन्।

जन्मदिनको शुभकामनामा भनिएको छ।
"माननीय पुर्व सुचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता भिजन सहितको नेतृत्व क्षमता भएका काभ्रेली जनता का ढुकढुकी विकास प्रेमी सबल ,सक्षम नेताको आज पर्ने गएको शुभ जन्मोत्सव को सुखद उपलक्ष्यमा तपाईंको दिर्घायु र उत्तर उत्तर प्रगति को कामना र सु-स्वास्थ को कामना सहित शुभकामना छ" भन्दै शुभकामनाको बाढी आएको छ।

थप