प्रदेश स्तरीय भलिबल खेल्न जाने काभ्रेली खेलाडीलाई ट्रयाक सुट सहित विदाई

  •   १ वर्ष अघि | २ माघ २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे ।प्रदेश स्तरीय भलिवल प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट सहभागी हुने खेलाडीको बिदाई गरिएको छ ।
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी हेटौंडाको आयोजनामा रामेछापको मन्थली नगरपालिका वडा नं. १ मा हुने प्रतियोगितामा काभ्रेबाट सहभागी हुने खेलाडीलाई सोमबार विशेष कार्यक्रम गरेर बिदाई गरिएको हो ।
जिल्ला अध्यक्ष नवराज मानन्धरको नेतृत्वमा काभ्रेका खेलाडी तथा अफिसियलको बिदाई गरिएको हो । नेकपा एमालेका नेता कुमार थापाले खेलाडी तथा प्रशिक्षक र कोचको बिदाई गरे ।
यहीँ माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने नेकसो बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिताका लागि काभ्रे बाट खेलाडीहरु लाई बिदाइ तथा शुभकामना कार्यक्रममा युवा व्यवसायी रविन्द्र बैदारले ट्रयाक  सुट उपलब्ध गराउनुभएको थियो।

बनेपाकै नाइटिङेल एकेडेमीले जर्सी सौजन्य गरेको थियो ।
काभ्रेका खेलाडीको उच्च मनोवल पुर्याउने हिसाबले सो सामाग्री हस्तान्तरण गरेको मानन्धरले बताए ।

थप