दुई सय ८५ किलो गाँजा सहित पनौतीमा मानिस र गाडी नियन्त्रणमा

  •   ३ महिना अघि | २२ माघ २०८०, सोमवार,     मणिराम दाहाल

काभ्रे । जिल्ला  पनौती नगरपालिका वडा नं   ५ आईटि पार्क स्थित पनौती बनेपा सडक खण्डमा २५० केजि गाजा पनौती चौकिकाट खटिएको  प्रहरी टोलिले नियन्त्रणमा लिएको हो।

चौकीबाट   खटिएको प्रहरीले  सवारी चेक जाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नं.को डिआई गाडिमा चेकजाँच गर्दा उक्त गाडीमा लोड गरी ल्याएको अप्रशोधित गाँजा ( भर्खर काटेको जस्तो हरियो देखिने ) प्लाष्टिकको बिभिन्न साईजको  ७३ बोरामा २८५ केजि गाँजा, गाडी सहित ३ जना मानिसहरुलाई नियन्त्रणमा लिई ई.प्र.का. बनेपामा ल्याई अनुसन्धान गरिरहेको छ।

निम्न मानिसहरु :-

चालक:- जिल्ला नुवाकोट बिदुर न.पा. ११ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने बर्ष ३५ को बुद्धमान तामाङ ।

जिल्ला रामेछाप रामेछाप न.पा. ८ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने बर्ष २० को संजिब तामाङ ।

 जिल्ला रामेछाप रामेछाप न.पा. ८ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने बर्ष ५३ कि बिमला तामाङ । 

थप