काभ्रे पनौतीको सामुदायिक सहकारीमा चोरीको आरोपमा दुईजना मकवानपुरबाट पक्राउ

  •   ११ महिना अघि | १ जेष्ठ २०८०, सोमवार,     मणिराम दाहाल

कोजेठ १, हेटौँडा। काभ्रेको पनौती नगरपालिका-७ स्थित पनौती सामुदायिक सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् ।

गत वैशाख १७ गते सहकारीबाट ३३ लाख रूपैया चोरी गरी फरार रहेका दुईजनालाई काभ्रे तथा मकवानपुर प्रहरीको संयुक्त टोलीले मकवानपुर इन्द्रसरोबर गाउँपालिका-५ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा इन्द्रसरोबर-५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामा रहेको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरीले नगद ५ लाख ४५ हजार, एक थान एकनाले भरुवा बन्दुक र रडसमेत बरामद गरेको छ ।

सहकारी चोरी गर्नेहरूमाथि अनुसन्धान गरिरहेको प्रहरीले विशेष सूचनाको आधारमा दुईजनालाई पक्राउ गर्न सफल भएको र घटनाबारे थप अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् डीएसपी टेकबहादुर कार्कीले बताए ।

साभारः

थप