आध्यात्मिक प्रतिष्ठानमा श्रीदेवि नवाह महायज्ञ हुदै

  •   २ वर्ष अघि | १३ चैत्र २०७८, आइतवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे ।खड्पु चोक बाट एक किलोमिटर माथि आध्यात्मिक प्रतिष्ठान बनेको छ।

विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान, मूल आयोजक समितिले श्रीखण्डपुरमा रहेको विन्ध्यवासिनी मन्दिरमा आउँदो चैत्र १९ देखि २७ सम्म श्री देवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाका अनुसार आध्यात्मिक चेतना एवं पर्यटन विकासका लागि विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान स्थापना गरिएको बताउनु भयो । समितिले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषयमा जानकारी गराएको हो ।

उक्त आध्यात्मिक प्रतिष्ठान एक रोपनी क्षेत्रफलमा रहेको छ।

थप