बहुबिवाह र सम्बन्ध बिच्छेद मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

  •   २ वर्ष अघि | १ फाल्गुन २०७८, आइतवार,    

काभ्रे । जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बाट खटिएको टोलीले दुई जना फरार प्रतिवादी पक्राउ गरेको छ।
 पक्राउ पर्नेमा बेथानचोक गाउपालिकाका रमेश तिमल्सिना बहुविवाह मुद्दामा र शान्ति थापा खड्का समन्ध विच्छेद मुद्दा मा प्रहरीले  धुलिखेल बाट पक्राउ गरेको छ।
फरार प्रतिवादी हरुलाई प्राथमिकतामा राखि सोहि अनुरुप कार्यन्वयन गर्ने क्रममा निम्न उल्लेखित प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटि गएको प्रहरी अधिकृत सहितको विशेष प्रहरी टोलिले खोजतलासको क्रममा निज प्रतिवादीहरुलाई विभिन्न स्थानमा फेला पारी  फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरेको छ।

थप