उसको आमालाई गोलि हानेर मारेछन् मलाई मायाँ लाग्यो अनि बोकेको

  •   ३ वर्ष अघि | १० भदौ २०७८, बिहिबार,    

काठमाडौ । आज काठमाण्डौ जाने क्रममा गाडीमा एक जना बैनिले बादरको बच्चा बोकेको देखे अनी मैले ती बहिनी लाई सोधे यो बादरको बच्चा कहाँ लान लागेको नानी  बहिनी को उत्तर यस्तो थियो। 

 हामी ठुलो ममीको घर गएका थियौ त्यहाँ मकै खान आएको भनेर उसको आमालाई मारे अनी यो सानो बच्चा उसको आमालाई नछोडी बसेको थियो। 
उसलाई के थाहा उसको आमालाई कसैले गोलीहानी मारे भनेर। 

बादरको बच्चाले उसको आमालाई नछोडे पछि आफुलाई माया लाग्यो अब उसको आमा पनी छैन। कस्ले उसलाई माया गर्छ,कस्ले उसलाई खुवाउछ बरु म नै उसलाई पाल्छु तेहि भएर काठमाण्डौ लिएर आएको दाई भनिन।
 बादरको बच्चा पनि ऊनि संग मात्र खेल्ने,खाने गर्दो रहेछ। एउटा सानी बहिनीको त्यो जनावर प्रति को मायाले मेरो पनि मन छोयो। दिपक बोहरा को फेसबुकमा छ।

थप