रोटरी काठमाडौं हाईटको अध्यक्षमा सचिन अवाले 

  •   ३ वर्ष अघि | २२ साउन २०७८, शुक्रबार,    

काठमाडौं-रोटरी क्लब अफ काठमाडौं हाईटको अध्यक्षमा रोटरियन सचिन अवाले चयन भएका छन् । उनले साउन १९ गते मंगलबार एक विशेष कार्यक्रमकाबीच पदभार ग्हणसमेत गरेका छन् । २०२० अगष्ट ३ चार्टर  भै  विभिन्न सामाजिक कार्य गर्दै आएको यस रोटरी क्लबले आफ्नो चार्टर  डे अर्थात स्थापना दिवस र पदभार कार्यक्रमलाई संयुक्त रुपमा आयोजना गरेको थियो ।
कार्यक्रममा नवनियुक्त  अध्यक्ष  सचिन अवालेले आफ्नो भावी योजना, नीति  तथा कार्यक्रम पेश गर्नु भएको थियो । कार्यक्रम बोल्दै  अध्यक्ष  अवालेले क्लबले  बर्ष २०२०–२१ मा गरेका कार्यको निरन्तता र आवश्यकता केन्द्रीत सामाजिक कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता व्यत्तः गर्नुभयो । कार्यक्रममा  क्लबका संस्थापक अध्यक्ष  समिर नेपालले  आफ्नो बर्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।  साथै बर्ष भरी क्लबलाई सहयोग गर्ने सम्पूर्ण संघ संस्था, व्यक्ति तथा सम्पूर्ण क्लबका सदस्यहरुलाई सम्मानित गर्नु भएको थियो ।

रोटरी   डिस्ट्रीक्ट  ३२९२ का डिस्ट्रीक्ट  गभर्नर  सन्तोष  रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा  डिस्ट्रीक्ट  गभर्नर  इलेक्ट  जितेन्द्र बहादुर राज भण्डारी, डिस्ट्रीक्ट  गभर्नर  नोमिनी राजेन्द्र  धोजु,  निवर्तमान डिस्ट्रीक्ट  गभर्नर  राजीव पोख्रेल, एसिस्टेन्ट डिस्ट्रीक्ट  गभर्नर  सुरेन्द्र शाही ठकुरी लगायतको उपस्थिती थियो ।
संस्थापक  अध्यक्ष  समिर नेपाललाई सफल कार्य कालका निम्ती बधाई तथा धन्यबाद  दिदै  तथा  अध्यक्ष  अवालेलाई पद तथा गोपनियताको सपथ खुवाउदै डिस्ट्रीक्ट  गभर्नर रिजालले  क्लबले रोटरी डिस्टृक्टले लिएका  वातावरण संरक्षण,  महिला शिक्षा,  जिविकोपर्जन , स्वास्थ्य , आदिमा आफ्नो  कार्यक्रम र गतिबिधीहरु  गर्दै एक समृद्ध समाज बनाउन सहयोग गर्ने आशा ब्यक्त गर्नु भयो । क्लबका आगामी बर्षका अध्यक्ष राजाराम जोशीको स्वागत मन्न्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव मन्जुषा श्रेष्ठले गर्नु भएको थियो ।

थप